Section 172
उजुर गर्ने हदम्याद र पुनरावेदन गर्ने म्याद
(१) दफा १६१ अन्तर्गतको कसूरको हकमा मुलुकी अपराध संहिताको भाग–२ को परिच्छेद–१० मा उल्लिखित म्यादभित्र, दफा १६२ अन्तर्गतको कसूरको हकमा मुलुकी अपराध संहिताको भाग–२, परिच्छेद–१४ मा उल्लिखित म्यादभित्र र यस ऐन अन्तर्गतका अन्य कसूरको हकमा कसूर भएको मितिले तीस दिनभित्र उजुर गर्नु पर्नेछ ।
(२) दफा १६१ र १६२ अन्तरगतका कसुरका सम्बन्धमा बाहेक यस ऐन अन्तरगतका अन्य कसुरका सम्बन्धमा निर्णय वा आदेशको सूचना पाएको मितिले पैंतीस दिनभित्र पुनरावेदन दिनु पर्नेछ ।